२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

काठमाडौंमा बसले किचेर एक व्यक्तिको ज्यान गयो

काठमाण्डौँ, १० चैत्र । काठमाडौंमा बसले किच्दा एक व्यक्तिको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको ज्यान गएको हो ।अन्दाजी ६० बर्षीय ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन । शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।


बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस