डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेका बिद्यार्थीलाई सम्मान तथा दिक्षान्त समारोह

दाङ तुलसीपुर ६ अवस्थित डिभाईन टेम्पल फाउन्डेसन द्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेको अवसरमा एक भब्य समारोहबीच बिद्यार्थीहरूलाई दिक्षान्त समाहराेह सहित सम्मान गरेको छ । डिभाईन टेम्पल फाउन्डेसनका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उप मेयर स्यानि चाैधरिकाे प्रमुख आतिथ्यतामा भएको हाे । त्यस्तै बिशिस्ट अतिथि बरिस्ठ पत्रकार दिपक बाेहरा रहनु भएको थियाे ।
बालबालिकालाई फेदमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सकेमा भबिष्यमा सजिलै सफलता हासिल गर्ने सक्छन् । बिद्यार्थीलाई संस्कारिक तथा ब्यबहारिक शिक्षामा जाेड्नुपर्ने । स्यानि चाैधरिले बताउनु भयाे ।
भवन निर्माण गर्नलाई जसरी जग बलियाे बनाउनुपर्छ त्यसरी नै बालबालिकालाई असल बनाउनकाे निमित्त उसकाे घर र बिद्यालयबाट त्रिकोणात्मक सम्बन्ध अत्यन्तै बलियो बनाउनु पर्ने । भने यस्ता सम्मान कार्यक्रमले बिद्यार्थीहरूलाइ सकरात्मक सत्मार्गमा प्रेरित गर्ने छ । अध्यक्ष न्याैपानेले बताउनुभयो ।
कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो ।साेहि कार्यक्रममा बिद्यार्थी अभिभावक शिक्षक शिक्षिकाहरूकाे उल्लेख्य सहभागिता रहेको थियाे ।
डिभाइन मन्टेश्वरीकि प्रिन्सिपल बिन्दु खनालकाे स्वागत मन्त्व्य सुरूवात भएको कार्यक्रम , कार्यक्रमकाे सहजीकरण शिक्षिका सुजता डांगिले गर्नुभएको हाे ।