पूर्वराजा शाहद्धारा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा अर्चना

काठमाण्डौँ, ९ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गर्नु भएको छ । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गर्नु भएको हो । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार