२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने : माओवादी केन्द्रका उपमहासचिव शर्मा

काठमाण्डौँ, ९ चैत्र । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने बताउनुभएको छ । फक्ताङलुङ गाउँ कमिटीको पालिका अधिवेशनका लागि ताप्लेजुङ पुग्नुभएका शर्माले शनिबार बिहान सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको छ । 

उहाँले केबलकार विवाद समाधानका लागि सरकारले वार्ताको पहल गरिरहेको देखिएको उल्लेख गर्दै त्यसलाई अझै गति दिनु पर्नेमा जोड दिनु भएको छ । ऊर्जा मन्त्रालयका निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिरहेको व्यवहारबारे टिप्पणी गर्दै उहाँले त्यो गलत रहेको बताउनुभएको छ । 

शर्माले घिसिङको खुलेरै प्रशंसा नगरे पनि आफू ऊर्जा मन्त्री हुँदा नेपाललाई लोडसेडिङमुक्त गराएको स्मरण गराउँदै त्यस समय ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भएको छ ।  

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस