२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

चन्द्रागिरीको केउरानी सामुदायिक वनमा आगो लाग्यो

काठमान्डौं, ८ चैत ।  चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि जंगलमा आगलागी सुरु भएको हो । आगलागी भएको जानकारी पाउनासाथ निभाउन सुरक्षाकर्मी परिचालन भएपनि अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताउनुभयो । 

यस्तै पछिल्लो एक महिनामा देशभर पाँच सय एक वटा आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । यसैबीच, विभिन्न क्षेत्रमा लागेको आगलागीबाट छ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस