२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा शिक्षा विभाग खारेज गर्ने आदेशमा हस्ताक्षर

काठमान्डौं, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । चुनावमा गरेको प्रतिबद्धता अनुसार उहाँले यो आदेशमा हस्ताक्षर गर्नु भएको हो । कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो छिटो बन्द गर्ने बताउनु भयो ।  लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएका थिए । तर विभागलाई पूरै बन्द गर्न भने ट्रम्पलाई सजिलो रहेको छैन । 

उहाँको कार्यकारी आदेश कार्यान्वयनमा जानका लागि अमेरिकी संसदले स्वीकृति दिनुपर्छ । यो कदमका कानूनी चुनौतीको सामना गर्नु परिरहेको छ जसले विभाग बन्द हुने र गत हप्तामा घोषणा गरिएको कर्मचारीहरूको भारी कटौतीलाई रोक्ने प्रयास गरिरहेको खबर प्राप्त भएको छ । ट्रम्पले अरु देशको तुलनामा अमेरिकाले शिक्षामा धेरै खर्च गरिरहेको तर उपलब्धि कम भएको बताउने गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस