राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने, प्रधानमन्त्री ओली

काठमान्डौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । आज काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुर्दै प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको अवस्था धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताउनुभयो । उहाँले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लग्न सकिने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने समेत बताउनुभयो ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार