२०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको प्रचण्डको जिकिर

काठमाण्डौँ, ८ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने खेलमा नलागेको बताउनुभएको छ । साथै उहाँले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउनु भएको छ । यद्यपि, यसै कार्यकालमा आफू पुनस् प्रधानमन्त्री नबन्ने उहाँले बताउनुभएको छ ।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताउनुभएको छ । अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको उहाँको भनाई छ ।
उहाँले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाउनुभएको छ । साथै उहाँले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गर्नु भएको छ । उहाँले आफू २०८४ सम्म जनताकै साथमा रहने बताउनुभएको छ ।