एएफसी एसियन कप छनोटको लागि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै

काठमाण्डौँ, ८ चैत्र । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोट्र्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएका थिए । मुख्य प्रशिक्षक रोसको लागि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार