२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सुनको मूल्य आज सामान्य घट्यो,  कतिमा हुँदैछ कारोबार ? 

काठमाण्डौँ, ८ चैत्र । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।  

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस