२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गर्न सरकारको निर्देशन 

काठमाण्डौँ, ८ चैत्र ।  सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न सचेत गराएको हो । 

तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस