गाजामा इजरायलद्धारा बम विस्फोट, कम्तिमा २५ प्यालेस्टियानीको ज्यान गयो

काठमान्डौं, ७ चैत । प्यालेस्टायन स्रोतहरूका अनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा इजरायली बम विस्फोटमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।
अन्य दर्जनौँ घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन्। सुरक्षा स्रोतहरूले इजरायली युद्धविमानहरूले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
यसैबीच, इजरायली सेनाले गाजाका विभिन्न क्षेत्रहरूमा तिब्र हवाई आक्रमण शुरु गरेको छ । जसमा ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दुई महिनाको युद्धविराम पनि भंग भएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार