सल्यानमा विवाहबाट घर फर्कदै गरेकी बालिकामाथी जबरजस्तीकरणी

सल्यान ।
सल्यानकाे सिद्ध कुमाख गाउँपालिका १ कागखाेला निवासी एक बालिकामाथी बलात्कार गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन् ।
गत फागुन २९ गते राती ति युवकले आफ्नै गाउँकै बालिकामाथी जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे । अनुसन्धानकाे विषय भनेर प्रहरीले प्रकाउ गरेकाे युवककाे भने पहिचान खुलाएकाे छैन् । बालिका अन्दाजी १६ वर्षकी रहेकी छन् भने युवक करिब २१ वर्षका रहेका छन् ।
घटना फागुन २९ गते भएपनि चैत ३ गते मात्रै युवक पक्राउ परेका हुन् । उनलाइ अहिले जिल्ला प्रहरी कार्यालय सल्यानकाे हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर बाबुराम बस्नेतले बताए ।
अनुसन्धानमा संलग्न एक प्रहरीकाअनुसार आराेपित ति युवक २९ गते दिउँसाे गाउँकै केटाहरुसँग जम्मा भएर हाेली खेल्दै गाउँमै भएकाे एउटा विवाहमा गएका थिए । विवाहमा पीडित बालिका पनि गएकी थिइन् ।
विहे घरबाट बालिका घर फर्किने क्रममा ति युवकले उनकाे पिछा गरेर घर नजिकैकाे गहुँ बारीमा लिएर जबरजस्ती करणी गरेकाे पीडित पक्षले बताएकाे छ । आफ्नाे मुख सलले थुनेर जबरजस्तीकरणी गरेकाे पीडित बालिकाले बताएकी छन् ।
पीडित बालिकाका घर सबै सदस्यहरु राेजगारीकाे लागि भारतमा रहेकाे र उनि अन्टी सँग बस्दै आएकी थिइन् । घटना घटेपछि आराेपित पक्षले पीडितलाइ उजुरी नगर्न दबाब दिँदै ३ दिनसम्म गाउँमै अल्झाएकाे थियाे ।
बालिकाका दाइ भारतबाट फर्केर प्रहरीमा जाहेरी दिएपछि मात्रै चैत ३ गते आराेपितलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।