साफ यू-१९ का लागि ५८ खेलाडीको सूची सार्वजनिक

काठमाण्डौँ, ७ चैत्र । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरिएको छ । भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी छनोट चैत १० देखि १२ (मार्च २३–२५, २०२५) सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
छनोटमा परेका सबै खेलाडीहरू चैत १० गते बिहान ८ बजे एन्फा कम्प्लेक्समा सम्पूर्ण फुटबल किटसहित रिपोर्ट गर्न अनुरोध गरिएको छ । नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन दिने छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी छान्ने तयारी गरेको छ । नेपाल यसअघि २०२३ को साफ च्याम्पियनशिपको उपविजेता बनेको थियो । यस पटक नेपाल उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको हो ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार