गणतन्त्रलाई संक्रमणबाट बचाउन राजनितीक दल सक्रिय

काठमाडौँ, ७ चैत्र । गणतन्त्रलाई संक्रमणबाट बचाउन राजनितीक दल सक्रिय बन्न थालेका छन् । दिनहुँ जसो गणतन्त्रबादी र राजाबादीहरु लड्न थालेका छन् । राजसंस्था पुनस्र्थापनका लागि ‘निर्णायक’ आन्दोलनको तयारी भइरहेको बेला राप्रपा आफै कुईरोको काग जस्तो भएको छ । पार्टी भित्रै अन्र्तरदोन्द्ध भईरहेको छ ।
पार्टी नै दुई भागमा बाँडिदा राप्रपाले राम्रो संग मुद्धा उठाउन सकेको छैनन् । राजधानीमा बसेको राप्रपा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाएका छन ।
राप्रपा बैठकमा रवीन्द्र मिश्र र धवलको आलोचना भएपछि राप्रपामा अर्को राजावादी मोर्चा बन्ने संकेत देखा परेको छ । ज्ञानेन्द्र शाहले आफ्नो पक्षमा माहोल बनाउनको लागि आवश्यक गृहकार्य थाल्नु भएको छ । अहिले विगतमा ज्ञानेन्द्रसँग नजिक भएर काम गरेकाहरु पनि एकताबद्ध हुन थाल्नु भएको छ । यता गणतन्त्रबादीहरु कुनौ पनि हालतमा ज्ञानेन्द्रलाइृ आउन दिनु नहुने पक्षमा छन् । कसको पक्षमा कति जनलहरु छ भनेर आफनो शक्ति प्रर्दशन गर्नकै लागि भएपनि यतिबेला शक्ति प्रर्दशन गर्ने तयारी तिब्र रहेको छ ।