सल्यानमा मध्यरातमा आगलागी हुँदा घर गोठ जलेर नष्ट , ६ लाख ५० हजार बढीको क्षति


चैत ७,सल्यान सल्यानमा मध्यरातमा आगलागी हुँदा दुई घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका २ खैरिकाँडाका दुई घर गोठमा आगलागी भएको हो । आगलागीबाट ४५ वर्षीय केशवलाल वलीको गोठ र ५२ वर्षीय प्रेम बहादुर विकको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राति १ बजेतिर वलीको फुसले छाएको कच्चि गोठमा आगलागि हुँदा आजलागीबाट गोठ भित्र रहेका १ गोरु, ११ वठा बाख्रा, ९ कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । आगलागीबाट ३ लाख बराबरको क्षति भएको उहाँको भनाई छ ।
यस्तै शोही आगलागीबाट प्रेम बहादुर विकको घर जलेर नष्ट भएको छ । घरपूर्ण रुपमा जल्दा घर भित्र रहेको नगद १७ हजार रुपैयाँ सहित अन्नपात लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको खत्रीको भनाई छ । आगलागीबाट विकका ६ वटा कुखुरा र २ वटा हाँस समेत जलेर मरेका छन् । आगलागीबाट ३ लाख ५० हजार बराबरको क्षति भएको उहाँको भनाई छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ