२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

भूमध्य सागरमा डुङ्गा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, अन्य ४० जना बेपत्ता 

काठमान्डौं, ६ चैत ।  भूमध्य सागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा हुँदा छ जनाको ज्यान गएको छ । अन्य ४० जना बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।

इटालीका मिडिया रिपोर्टहरू अनुसार इटालीको तट रक्षक र वित्तीय प्रहरीले सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए । यसैबीच, उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको तर त्यस क्षेत्रबाट छ वटा शवमात्र भेटिएको बताएका छन् ।

ए.जि.आई. समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएका मध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका रहेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस