सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारद्धारा चाँदी हस्तान्तरण

काठमान्डौं, ६ चैत । काठमान्डौंको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज भारतको तर्फबाट नेपालमा रहेको भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो । २०७२ सालमा भूकम्पले क्षति पु¥याएको सेतो मच्छिन्द्रनाथको मन्दिर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ ।
मन्दिर पुनर्निर्माणको काम २०७७ साल माघ २९ गतेदेखि भइरहेको छ । अहिलेसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ । यसैबीच, तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नका लागि २ सय ४ किलोग्राम चाँदी दानबाट सङ्कलन भएको हो ।
प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार