संविधानकै कारण अहिलेका कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउनै गाह्रो, नेपाली कांग्रेसका सभापति देउवा

काठमान्डौं, ६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताउनु भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो ।
संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताउनु भयो । यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताउनु भयो । यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको पनि बताउनु भयो ।
यसैगरी सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य भएको बताउनु भयो । उहाँले महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताउनु भयो । सभापति देउवाले महिलाले अधिकारका लागि मात्रै नभई जिम्मेवारीसाथ काम गर्नुपर्ने समेत बताउनुभयो ।