२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

आजदेखि शुक्र ग्रह अस्त हुँदै

काठमाडौँ, ६ चैत्र । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतवार दिउँसो १ बजेर १७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ ।

यो अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने समितिले जनाएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ ।

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार हरेक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले जाकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस