साफ यु–१९ च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

काठमाण्डौँ, ५ चैत्र । नेपालले साफ यु–१९ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशमा हुनेछ।
गोल्डेन जुब्ली रशंगशालामा हुने प्रतियोगितामा नेपाल र श्रीलंका मे ११ मा भिड्ने छन्। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ। समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ । अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशसँग खेल्ने छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार