२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

देशमा पश्चिमी  वायुको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव

काठमाडौँ,५ चैत्र । हाल देशमा पश्चिमी  वायुको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी र  मधेस प्रदेशका थोरै  स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस