२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

तुलसीपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ —घोराही-तुलसीपुर सडकखण्डमा सोमबार बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१७ र १८ को सिमानास्थित बेल्झुन्डीमा रा ६ प २६२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासि मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेको उनले बताए । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ 

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस