२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

शान्तिनगर गाउँपालिका वडा नं २ र ४ को सीमामा निर्माण भइरहेको बहुला खोलाको पुलको अवलोकन कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर ‘राजेश’को नेतृत्वमा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा नं २ का अध्यक्ष सुनिल वली, वडा नं १ र ४ का वडा अध्यक्षहरू, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अवलोकनका क्रममा पुल निर्माणको प्रगतिबारे जानकारी लिइँदै, निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको छ। स्थानीयहरूले पुल निर्माणपछि गाउँपालिकाको विभिन्न क्षेत्रहरू जोडिने र यातायातमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पूर्व अर्थमन्त्री राजेशले पुल निर्माण कार्यलाई तीव्र गति दिन आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्धता जनाउँदै, स्थानीय तहदेखि प्रदेश सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

स्थानीय नेतृत्वले पनि पुल निर्माण पूरा भएपछि दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस