२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

चुनावी प्रक्रिया शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ, ४ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर त्रिभुनव विश्वविद्यालय (त्रिवि) को स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन र निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गर्नुभएको हो ।

निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानूनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस