बाँके मुद्दा शाखाका कायरत विवादित वरिष्ठ सई सापको कहिले हुन्छ रमाना

नेपाल प्रहरीमा पावर र पैसाको आडमा त्यसलाई निति विपरीत गर्न मिल्छ त भन्ने प्रश्न बारम्बार उठिरहन्छ। त्यस्तै एउटा घटना जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत मुद्दा शाखामा कार्यरत एक वरिष्ठ सई मणिराम लामिछाने रहेको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत छन् ।
उनी अहिले मात्र हैन विगत लगभग १० /१२ बर्ष देखि जिल्ला प्रहरी कार्यालय वा मातहतमा कार्यरत छन् । कहिले जि .प्र .का बाँके मुद्दा फाँट कहिले ई.प्र.का मुद्दा कोहल्पुर कहिले ई प्र.का धनौलि त कहिले सिमा प्रहरी चौकि जैसपुरमा कार्यरत रहेको बारम्बार विवादित र कारबाही गरेका वरिष्ठ सई मनिराम लामिछाने लाई दरबन्दी पठाउनुको साटो मालदार मानिने जि .प्र.का बाँकेको मुद्दा शाखा म राखेर पुरस्कृत गरिएको छ । अनि सेटिङ मिलाउनमा एक नम्बर मानिन्छन्। एसपी तुलबहादुर कार्की आएसी उनको सेटिङ मिलाउन म खप्पिस भएकोले मुद्दा शाखामा त्वाइसी को रुपमा खटाएका छन् ।
मुद्दा शाखामा हुने अतिरिक्त कमाइको जिम्मा नै उनै वरिष्ठ सई मनिराम लामिछानेले नै गर्छन् भन्ने जानकारहरु बताउँछन्। उनको १०/ १२ वर्षको अन्तरालमा विभिन्न ठाउँमा सरुवा भएपनि पावर र पैसाशक्तिमा कतै जानु परेको छैन। उनको दरबन्दी इलाका प्रहरी कार्यालय हेलम्भु सिन्धुपाल्चोकमा हो। दरबन्दी जहाँ भएपनि बाँके जिल्ला त उनको लागि दाइजोमा पाए जस्तो भएको देख्न र सुन्न पाइन्छ उनी खुल्ला रूपले आफू एसपी कार्कीको मान्छे भएको र आफूलाई कसैले पनि बाँकेबाट हटाउन नसक्ने भन्दै हिँडेको सुन्न पाइन्छ।
उनलाई एसपी साहबको संरक्षण रहेको पाइएको छ । अब प्रहरी संगठनको नेटवर्कमा पुग्ने समितिमा रहेका डिआइजी दानबहादुर कार्कीले वरिष्ठ सई मनिराम लामिछानेलाई दरबन्दीमा पठाउँछन् कि पठाउँदैनन् त्यो भन्ने हेर्न बाँकी नै छ। नेपाल प्रहरीका हालका महानिरिक्षक बसन्त कुँवरले सरुवा भएकालाई दरबन्दी पठाउने नीति र अभिमान हो।
उनको यो अभिमान धेरै मात्रमा सफल पनि भएको थियो र यो अभिमानलाई सबैले मन पराएका पनि थिए। तर अहिले अवकाशको मुखमा आएर भन्ने यो अभिमान बन्द जस्तो भएको छ। धेरै प्रहरीहरु दरबन्दीमा गएका छैनन्। त्यसमध्येका एक हुन् वरिष्ठ सई मनिराम लामिछाने उनको दरबन्दी रमान हुन्छ कि नाई त्यो भन्ने हेर्न बाँकी छ।