२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

काठमाडौँ, ३ चैत । युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । 

शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो । नेपालले शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो ।

नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ । आजै घरेलु टोली युगान्डा र नामिबियाले फाइनल खेल्दैछन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस