२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । राप्रपाले  पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बोलाएको हो । 

समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो । 

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस