२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

मिथिला नाट्यकला परिषद्ले ‘महामूर्ख’ को उपाधि मधेशका मुख्यमन्त्री सिंहलाई प्रदान गर्यो

काठमान्डौं, २ चैत ।  प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरेको छ ।

आज जनकपुरधामको राम मन्दिर मैदानमा आयोजित विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो । मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको प्रशंसा गर्दै परिषद्ले ‘महामूर्ख’ को उपाधिबाट सम्मान गरिको हो । सिंहलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले सम्मान गर्नुभएको थियो । 

यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरस लाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई हराशंखको उपाधिले सम्मानित गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस