२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

तनहुँमा बारीमा उम्रिएको च्याउ खाँदा दश जना बिरामी

काठमाण्डौँ, २ चैत्र । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका दश जना बिरामी भएका छन् ।  शुक्रबार बेलुका उनीहरूले च्याउ खाएका थिए । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका दश जना बिरामी भएका हुन् ।  

बिरामी हुनेहरूमा नारायण मगरसहित व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव पुलामी, सीता पुलामी र चार वर्षीय सबिन पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । सबै बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस