२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सल्यानमा घाँस काट्ने क्रममा आगलागीमा परि एकजनाको मृत्युु

सल्यान ।

खरबारीमा लागेको आगो सल्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ३ तिमिलेचौरमा शुक्रबार दिउँसो भएको आगलागीबाट स्थानीय ६५ वर्षीय प्रेम बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमान श्रीमती घास काटन गएको बेला खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा उनी आफैं आगलागीमा परेका थिए । आगलागी बाट बस्नेतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

त्रिवेणी गाउँपालिका–३ का वडा अध्यक्ष कर्ण देव डाँगीका अनुसारश्रीमान श्रीमती सँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घास काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएकी थिइन । गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एकासी आगलागी बाट मृत्यु भएको अवस्थामा भेटिएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक रतन शर्माको कमान्डमा पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेको कमान्डमा सात जनाको टोली खटिएको छ । एकासी आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस