२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

देशमा पश्चिमी वायुको आंशिक प्रभाव,  तुवाँलोले ढाकिएको काठमाडौँको मौसम खुल्यो

काठमान्डौं, १ चैत ।  अहिले देशमा पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण बिहीबार साँझ काठमाडौँमा हल्का वर्षा भयो भने बुधबार पनि हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।  लामो समयदेखि वर्षा नहुँदा तुवाँलोले ढाकिएको काठमाडौँको मौसम आज शुक्रबारदेखि खुलेको छ ।

काठमाडौँमा तुवाँलो खासै देखिएको छैन । वायु प्रदूषणको स्थितिमा पनि सुधार आएको छ । वायु प्रदूषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार आज दिउँसो काठमाडौँ वायु प्रदूषण हुने सहरको सूचीमा ६८ औँ नम्बरमा रहेको छ । जसअनुसार वायुको गुणस्तर ५४ एक्युआई रहेको छ । 

यसैबीच,  शून्य देखि ५० एक्युआईसम्मको वायु गुणस्तर राम्रो हुनेमा अहिले काठमाडौँको ५४ एक्युआई रहेको छ । केही साताअघि काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा समेत रहेको थियो । अहिले विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो रहेको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस