श्री महेन्द्र माध्यमिक बिद्यालयले गर्याे कक्षा १० का बिद्यार्थीहरूलाइ फेरि भेटाैला तथा औपचारिक विदाई कार्यक्रम

सल्यान छत्रेश्वरी ५ लेखपाेखरामा रहेको श्री महेन्द्र माध्यमिक बिद्यालय कक्षा १०का बिद्यार्थीहरूलाई एक बिशेष समारोहका बिच विदाई कार्यक्रम सम्पन्न गरिएको हाे ।
विद्यालयका प्रधानाध्यापक राेमर्ष केसिले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै अनुशासन, मेहनत र इमान्दारिताका साथ अघि बढ्न प्रेरित गर्नुभयो।
वडा अध्यक्ष फाैद बस्नेतले SEE उत्कृष्ट छात्र/छात्रालाइ रु.५,०००/-ले सम्मान गर्ने कुरा राख्नु भएको हाे । साथै यो बर्ष देखि ४ जिपिय ल्याउनेलाइ वडाको तर्फबाट रु.५० हजार नगद सहित सम्मान गर्ने घोषणा पनि उहाले गर्नुभएको हाे ।
कार्यक्रमका आयाेजक कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का दाजु-दीदीहरूलाई मायाको चिनो प्रदान गर्दै भव्य रूपमा बिदाइ गरेका हुन ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष फाैद बहादुर बस्नेत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शिव प्रसाद केसि भूपू अध्यक्ष गाेबिन्द केसी समाजसेवी शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लगाएत अन्य विभिन्न प्रस्तुति दिएका थिए।