२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

होलीको रौनक शुरू

काठमान्डौं, २८ फागुन ।  रङ्गहरूको पर्व होली आएसँगै रौनक शुरू भएको छ । काठमान्डौं सहितका शहरहरूमा युवाहरू रङ्ग खेलेर रमाइलो गर्न थालेका छन् । भोलि सार्वजनिक बिदा रहेकोले आज धेरै विद्यालयमा पनि बालबालिकाहरूले रङ्ग खेलेर रमाइलो गरेका छन् ।  

यस वर्षको होली पहाडी र हिमाली जिल्लामा भोलि बिहीवार तथा तराई÷मधेशका जिल्लामा पर्सि शुक्रवार मनाइँदै छ । होली नजिकिएसँगै बजारमा रङ्गदेखि होली लेखिएको सेता कपडाको बिक्री बढेको छ ।

यसैबीच, यस वर्षको होलीमा राम्रोसँग घाम नलाग्ने मौसमविद्हरूले बताएका छन् । भोलि र पर्सि दुवै दिन देशभर राम्रोसँग घाम नलाग्ने मौसम पूर्वअनुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएकोले अझै तीन दिन घमाइलो हुने सम्भावना रहेको छैन । 

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस