डिभाइन टेम्पल ऐकाडेमीले स्केटपार्क स्थापना

तुलसीपुर, २७ फागुन । दाङको तुलसीपुर ६ अवस्थित डिभाईन टेम्पल एकाडेमीले मिनि स्केटपार्क सञ्चालनमा ल्याएको छ ।
शिक्षासंगै खेलकूद क्षेत्रको विकासकालागि स्केट पार्क सञ्चालनमा ल्याईएको डिभाइन एजुकेशन फाउन्डेशनका संस्थापक भोजराज न्यौपानेले बताउनु भयाे । विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई ध्यानमा राख्दै विद्यालयले उक्त पार्क निर्माण गरेको हो l
उक्त पार्कको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले उद्घाटन गर्नुभएको हाे । त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले शिक्षासंग खेलकूद क्षेत्रकालागि पनि विद्यालय स्तरबाट पहल थाल्नुपर्ने बताउनु भयाे । उहाले विद्यार्थीको चौतर्फी विकासकालागि यस्ता कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा राख्नुभएको हाे ।
कार्यक्रममा तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दिप भुसाल, शिक्षक आकाश सिंहलगायतले मन्तब्य ब्यक्त गर्नुभयाे ।साथै विद्यालयले आगामी बर्षसम्म फुटसल खेल मैदान समेत सञ्चालन गर्ने तयारी गरेको छ