२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको पहिलो जीत, कर्णाली प्रदेश ४ विकेटले पराजित 

काठमान्डौं, २७ फागुन ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ । आज कर्णाली प्रदेशले दिएको ९२ रनको लक्ष्य गण्डकीले ६ विकेट गुमाएर १ सय २८ बलअघि नै भेटाएको हो । गण्डकीका दीपक डुम्रेले नटआउट ५० रन बनाएका थिए । कर्णालीका दिवान पुनले ३ विकेट लिएका थिए । 

त्यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले २७ ओभर २ बलमा ९१ रन बनाउदै अलआउट भएको थियो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २० रन बनाएका थिए । प्रतियोगितामा यो गण्डकीको दुई खेलमा पहिलो जीत हो । कर्णालीको दुई खेलमा यो पहिलो हार हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस