होलीमा जथाभाबी रङ्ग नदल्न जिल्ला प्रशासन कार्यालय काठमान्डौंको आग्रह

काठमान्डौं, २७ फागुन । जिल्ला प्रशासन कार्यालय काठमान्डौंले फागु अर्थात् होली पर्वमा जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सचेत गराएको छ ।
आज जिल्ला प्रशासन कार्यालय काठमान्डौंका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विज्ञप्ति निकालेर सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन आग्रह गर्नुभएको हो ।
यस वर्ष पहाडी जिल्लामा पर्सि फागुन २९ गते र तराई÷मधेशका जिल्लामा चैत १ गते फागु अर्थात् होली मनाइँदैछ । यदि कोही कसैले अमर्यादित र उच्छृङ्खल कार्य गरेमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार