२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

चारदेशिय टी–२० आई सिरिजमा नेपाल हङकङसँग २ रनले पराजित

काठमान्डौं, २७ फागुन ।  युगाण्डामा जारी चारदेशिय टी–२० आई सिरिजमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ ।हङकङले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सकेको थियो । कप्तान इन्दु बर्माले ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । पुजा महतोले १९ र विन्दु रावलले १४ रन बनाउदा अन्य ब्याटर चल्न सकेनन् । बलिङमा हङकङकी मारिको हिलले सर्वाधिक २ विकेट लिएकी थिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् । बलिङमा नेपालका ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले समान २–२, रचना चौधरी र पुजा महतोले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस