२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

काठमान्डौं जिल्ला प्रशासनद्धारा राजधानीका केही ठाउँलाई निषेधित क्षेत्र घोषणा 

काठमान्डौं, २७ फागुन ।  काठमान्डौं जिल्ला प्रशासन कार्यालयले काठमान्डौंका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । फागुन २५ गतेदेखि दुई महिनासम्मका लागि निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेको हो ।

महाराजगन्जमा रहेको राष्ट्रपतिको कार्यालय शीतल निवास, लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । आगामी दुई महिनासम्मका लागि यी स्थानमा पाँचजना भन्दा बढी मानिस भेला भई अनशन, जुलुस र सभा जस्ता विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । 

यसैबीच, काठमान्डौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षति भएमा आयोजकबाटै क्षतिपूर्ति भराइने जानकारी समेत दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस