२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

क्यानाडाको प्रधानमन्त्रीमा मार्क कार्नी निर्वाचित 

काठमाण्डौँ, २६ फागुन ।  मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री एवं लिबरल पार्टीको नेता चुनिएका छन् । चुनावी दौडमा जित हासिल गर्दै उनले जस्टिन ट्रुडोको ठाउँ लिएका हुन् । उनले आगामी दिनमा प्रधानमन्त्रीको शपथ लिनेछन् । कार्नीले तीन प्रतिस्पर्धीकाबीच चुनावी दौड पार गरेका छन् । उनले आउने आम चुनावमा लिबरल्सको नेतृत्व गर्ने छन् । 

चुनाव जितेसँगै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ एवं सन्देश दिएका छन् । उनले ‘अमेरिकाले सम्मान नदिएसम्म’ अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार शुल्क जारी राख्ने कसम खाएका छन् । उनले ट्रम्पले लागू गरेको भन्सार शुल्क र ५१ औं राज्य बनाउने धम्कीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
 

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस