राजावादीको ¥यालीमा भारतीय नेताको ब्यानर र ज्ञानेन्द्रको फोटो बोक्दै प्रदर्शन

काठमान्डौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न रा.प्र.पा. र दुर्गा प्रसाईको मातृभूमि बचाऊ अभियान सहितको संगठित ¥यालीमा योगी आदित्यनाथको समेत ब्यानर प्रदर्शन भएको छ ।
सामाजिक संजालमा भाइरल भइरहेको फोटोमा मोटरसाइकल ¥यालीका एक सहभागीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा बिजेपी नेता योगी आदित्यनाथको फोटो बोकेका छन् । अर्कोले पूर्व राजा ज्ञानेन्द्रको फोटो बोकेका थिए । यो तस्विर प्रदिपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानर सहित प्रायोजन गरेका बुझिएको छ ।
सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए । योगीले नेपाल हिन्दु राज्य हुनुपर्छ भनेकाले उनको समर्थनमा उक्त ब्यानर प्रदर्शन गरिएको सहभागीले बताएका छन् ।
उक्त ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा कुनै बेला रा.प्र.पा.का नेता रहेका थिए । यसैबीच, २०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको रा.प्र.पा. का प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो ।
आफूलाई हिन्दूवादी भनेर चिनाउने राणा अहिले रा.प्र.पा. र रा.प्र.पा. नेपाल दुवै पार्टीमा नरहेको दावी ती पार्टीका नेताले गरेका छन् । राजावादीका फरक फरक झुण्ड भएकाले आजको प्रदर्शनमा भएका गलत हर्कतको जिम्मा लिने कोही नभएको नेताहरुले बताएका छन् ।