आज कति छ सुनचाँदीको मूल्य ?

काठमाण्डौँ, २५ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा आइतबार चाँदीको मूल्य मात्र १०० रुपैयाँ वृद्धि भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार