२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

तुलसीपुर वडा नं -४ ले मनायाे, ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस


तुलसीपुर उपमहानगरपालिका ४ नं वडा बनहरिमा शनिवार ११५ औं अन्तर्राष्ट्रिय नारि दिवस एक भब्य समारोह का बिचमा सम्पन्न भएको हाे । उक्त वडाकाे महिला सञ्जालकाे आयाेजनामा यस कार्यक्रम सञ्चालन भएको थियाे । महिला सञ्जालका अध्यक्ष प्रभाव खड्काकाे प्रमुख आथिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापाकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम अध्यक्ष खड्काले महिला कुनै पनि काममा झुक्नु हुन्र सधै अग्रसर देखाउने कुरालाई जाेडदिनु भयाे । त्यस्तै प्रमुख अतिथि तुल्सि थापाले महिलाले जुनसुकै काम पनि गर्ने सक्छन् याे समाजले हेर्ने साेचाइलाई चिन्नु पर्छ , भन्ने विषयमा बाेल्नु भयाे । बिशिस्ट अतिथि महिला सञ्जालकि सदस्य नारायणी पुन , तथा अन्य जेष्ठ नागरिक , बुद्धिजीवी समाजसेवी विभिन्न समुदायका आमा समुह, जस्ता ब्यक्तित्वकाे उल्लेखनीय सहभागिता रहेको थियाे ।
महिला चुलाे चाैकामा मात्र सिमित हुनु हूदैन , हामीले प्रतिकार गर्नुपर्छ आफ्नो अधिकार लिन कहिले पछि हट्नु हुदैन । एक आमा समुह प्रतिनिधि मधु खनाल भन्नुभयाे ।

यश कार्यक्रममा विभिन्न आमासमुहहरूकाे टिमले आफ्ना मनका बिचार पाेख्त तथा आफुमा भएको प्रतिभा गित गजल प्रस्तुत गर्नुभएको थियाे । छाेरि र छाेरा बिच समाजले हेर्ने दृष्टिकोणलाई निराकण गर्नुपर्छ भृकुटी टाेलकि प्रतिनिधि शारदा हमालले बाेल्नु भएको हाे ।
महिला सञ्जाल प्रतिनिधि भावना गाैतमकाे स्वागत मनत्व्य बाट सुरूवात भएको कार्यक्रमकाे सहजिकरण कार्यक्रमका अध्यक्ष प्रभा खड्काले गर्नुभएकाे थियाे

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस