२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमान्डौं, २४ फागुन  ।  नेपाल क्रिकेट सङ्घ क्यानले सन् २०२५ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर अनुसार नेपालको सिनियर पुरुष टोलीले आई.सी. विश्वकप क्रिकेट लिग २, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । यो वर्ष नेपाली सिनियर पुरुष टोलीले आउँदो सेप्टेम्बरमा यू.एई.मा टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि खेल्ने भएको छ । यो शृङ्खलापछि टोलीले ओमानमा आई.सी.सी. टी–२० विश्वकप छनोट खेल्नेछ । 

यस्तै सिनियर महिला टोलीले मे ७ देखि २१ सम्म थाइल्यान्डमा आई.सी.सी. टी–२० विश्वकप एशिया छनोट र जुनमा इमर्जिङ टिम्स एशिया कप खेल्ने तालिका रहेको छ । यस्तै १९ वर्षमुनिको पुरुष टोलीले अप्रिल १२ देखि २८ सम्म आई.सी.सी. क्रिकेट विश्वकप एशिया छनोट, ए.सी.सी. प्रिमियर कप, ए.सी.सी. एशिया कप खेल्ने तालिका रहेको छ ।

यस्तै १९ वर्षमुनिको महिला टोलीले जुलाईमा मलेसिया भ्रमण गर्नेछ । यस्तै क्यालेन्डरमा १६ वर्षमुनिको टोलीले खेल्ने प्रतियोगिता पनि समावेश गरिएको छ । यस्तै घरेलु क्रिकेटमा नेपाल प्रिमियर लिग एन.पी.एल.को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । यसअघि अगस्टमा एन.पी.एल.को मिनी अक्शन हुने तालिकामा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस