२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

महिला दिवसमा शिक्षिका सम्मानित

फाल्गुन २४, दाङ । ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा तुलसीपुर दाङमा रहेको

दिव्य कुञ्ज एकेडेमीले नारी सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न गरेको छ ।

बिद्यालय संचालक समितीका अध्यक्ष वीर बहादुर भण्डारी (मोहन) को अध्यक्षता भएको उक्त कार्यक्रममा  शिक्षा क्षेत्रतर्फ महत्वपूर्ण योगदान दिने शिक्षिकाहरु तथा कर्मचारीलाई शुभकामना एवम् सम्मान प्रदान गरिएको हो । सो कार्यक्रममा बिद्यालयका सल्लाहकार डा .प्रेम योगिले आजको युगमा  महिलाहरु धेरै सक्षम हुँदै गएको र सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बिद्यालयले आफुलाई सम्झेर योगदानको कदर गर्दै सम्मान गरेको प्रती महिला शिक्षिकाले धन्यवाद दिएका थिए ।  विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान)ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस