रूसको आक्रमणबाट युक्रेनमा १२ जनाको ज्यान गयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा रूसमा प्रतिबन्ध लगाउने

काठमान्डौं, २४ फागुन । आज बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा परेर कम्तीमा १२ जनाको ज्यान गएको आपत्कालीन सेवाले जनाएको छ ।
यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामका लागि हुने वार्ताको केही दिन अगाडि भएको हो । युक्रेनको दोब्रो पिलियाको केन्द्रमा शुक्रबार राति भएको रूसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ । खार्किभ क्षेत्रका सैनिक प्रमुख ओलेग सिने गुबोभ ले आज बिहान बोगो दुखिभ सहरमा भएको ड्रोन हमलामा एकजनाको मृत्यु भएको र अन्य सातजना घाइते भएको बताउनु भयो ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका वेला रातभर हवाई आक्रमण भएको हो । साथै पत्रकारहरूलाई मन्तव्य दिएको केही समयपछि राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेकोमा रूसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिनु भएको छ ।