२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस

काठमान्डौं, २४ फागुन  ।  चीनको तिब्बतस्थित डिङ्गेकाउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउसो २ः३५ बजे उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रेक्टर स्केलको भूकम्प भएको  थियो । यसैबिच, आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ०३ः १४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस