२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

एनपिएलको दोस्रो संस्करण नोभेम्बरमा

काठमाण्डौँ, २४ फागुन । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । गत पुसमा सम्पन्न पहिलो संस्करणक‍ फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । दोस्रो संस्करणमा भने क्यानले मिनी अक्सन गर्ने भएको छ । यो नेपाली फ्रेन्चाइज क्रिकेटमा  पहिलोपल्ट मिनी अक्सन हुन लागेको ह‍ो । मिनी अक्सन भने अगस्टमा हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस