२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

पूर्वराजा शाहलाई पार्टी खोलेर चुनाव लड्न प्रचण्डको सुझाव

काठमाण्डौँ, २४ फागुन ।  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठुला ठुला गल्ती गरेका पूर्व राजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मूर्खता गरेमा अस्तित्व नै समाप्त हुने चेतावनी दिनु भएको छ । 

पहिले एकपटक मूर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारता पूर्वक आरामले बस्न दिएको स्मरण गर्दै उहाँले त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरेमा  अस्तित्व नै समाप्त हुने चेतावनी दिनु भएको हो । 

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा आज बिहार मर्निङवाक पछि रौतहटको मध्यभाग गरुडामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले ज्ञानेन्द्रलाई राजनीति नै गर्नु छ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिनु भएको छ । राजसंस्था फर्किन असम्भव रहेको बताउँदै  उहाँले हल्लाखल्लाले इतिहासको जग पछाडि फर्काउन नसकिने उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस