२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

पाकिस्तानमा आतंकवादी हमलामा १८ जनाको ज्यान गयो, अन्य ३२ जना घाइते 

काठमान्डौं, २३ फागुन ।  पाकिस्तानको उत्तरपश्चिम खैबर प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र ६ जना आतंककारी मारिएका छन् । 

अन्य ३२ जना घाइते भएका छन् । शक्तिशाली विस्फोट पछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको  छ । जसमा १२ जना सर्वसाधारणको ज्यान गएको थियो ।  घटनापछि प्रहरी र सुरक्षा बलको टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पतालमा पु¥याएको छ । धेरैको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ । अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ । 

सामाजिक सञ्जालको एक सन्देशमा तहरीक ए तालिबान पाकिस्तानको हाफिज समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानी राष्ट्रपति आसिफले आतंकवादी हमलाको कडा निन्दा गर्दै रमजानको पवित्र महिनामा यसलाई एक जघन्य कार्यको रूपमा वर्णन गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस